Skip to main content

संवृद्धि सेवा केन्द्र समूह सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.द्वारा सञ्चालित लघुवित्त सम्बन्धि अभिमुखिकरण कार्यक्रम कावासाेती नागरपालिका वार्ड न.१६ डण्डमा सम्पन्न भएको छ ।

संवृद्धि सेवा केन्द्रका लघुिवत्त संयोजक श्री रमा विष्टज्यूको सभापतित्व रहेको कार्यक्रममा २८ जना सहभगी लगायत समृद्धि सेवा केन्द्रका संयोजक श्री गोपाल सिर्पाली, सेवा केन्द्र सदस्य, लघुवित्त सदस्य साथै कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

 

समूह व्यवस्थापन तालिम – समृद्धि सेवाकेन्द्र डण्डा – २०७६ अश्विन १४

समूह व्यवस्थापन तालिम

सेवा केन्द्रः समृद्धि सेवाकेन्द्र

मितिः १४ आश्विन २०७६

समयः ११ः०० बजे

स्थानः डण्डा

अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्डबाट किसान बचत फेरी सम्मानित

एक्सेस ब्राण्ड, एशियाली ऋण महासंघद्वारा प्रादान गरिने गुणस्तर चिन्ह हो । संस्थाले पर्ल्स मापदण्डलाई पूर्ण पालना गरेको, गुणस्तरिय सदस्य सेवा प्रदान गरेको, नीति विधि तथा शु-सासन बमोजिम सञ्चालन र नयाँ नयाँ प्रविधिहरु संस्थाले अवलम्बन गरेको आधारमा ८६ वटा सुचाङ्कहरुबाट मापन गरे पश्चात प्राप्ताङ्कको आधारमा सोही अनुसारको ब्रोन्ज, सिल्भर, गोल्ड वा प्लाटिनम ब्राण्ड एशियाली ऋण महासंघले प्रदान गर्दछ ।

गैँडाकोट नगरपालिका केन्द्रिय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले मलेसियाको क्वालालम्पुरमा सदस्यहरुको जीवनस्तर सुधार्नको लागि सकारात्मक प्रभावकारिता भन्ने नाराकासाथ सेप्टेम्वर २७ देखि ३० सम्म संचालन भैरहेको एशियाली ऋण महासंघको सभाबाट २५ देशका प्रतिनिधिहरुको उपस्थितिमा “एक्सेस ब्रोन्ज ब्राण्ड” प्राप्त गरेको छ।

उक्त ब्राण्ड एशियाली ऋण महासंघका अध्यक्ष योङ सिक किमले प्रदान गर्नु भएको थियो भने किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे, उपाध्यक्ष भोजराज पौडेल, कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, संचालक समिति सदस्य तिलक प्रसाद पराजुली, प्रेम सापकोटा, जयलाल पराजुली तथा प्रमुख प्रशासकिय अधिकृत नवराज सापकोटाले एक्सेस ब्रोन्ज ब्राण्ड अंकित प्रमाणपत्र ग्रहण गर्नुभएको थियो ।

उक्त ब्राण्ड आगामी १ वर्षका लागि मान्य हुने छ।  अर्को वर्ष एशियाली ऋण महासंघबाट संस्थाको स्थलगत परिक्षण गर्दा संस्थाको अवस्था सुदृढ देखिएमा पुनः ब्राण्ड नविकरण हुनेछ र सो भन्दा माथिल्लो अवस्थामा संस्था प्रवेश गरेको देखिएमा सिल्भर, गोल्ड वा प्लाटिनम ब्राण्ड प्राप्त गर्नेछ।

४६ हजार भन्दा बढी शेयर सदस्यहरु आबद्ध यो संस्थाले हाल १ अर्ब ५० करोड पुँजी परिचालन गरि १४ वटा सेवाकेन्द्रहरु सञ्चालन गरी १५ वटा कार्यालय मार्फत स्थानीय तहमै शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । शेयर सदस्यहरुको दुःख सुखमा यो संस्थाले आर्थिक रुपमा साथ दिँदैं जन्म देखि मृत्यूसम्मका सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

यस सुख्द अवसरमा सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभेच्छुक, नियामक निकायहरु र सरोकारवालाहरुमा बधाई एवं आभार प्रकट गर्दछौँ ।

दुम्किबासका सदस्यहरुलाई समूह व्यवस्थापन उपसमितिको अभिमुखिकरण तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. दुम्किबास सेवा केन्द्र अन्तर्गत गठन गरीएका लघुवित्त समूहको व्यवस्थापन उपसमितिको अभिमुखिकरण तालिम दुम्किबास सेवा केन्द्रको सर्दि, पाखापानी स्थित आदिवासी जनजाती महासंघको सभाहलमा सम्पन्न भएको छ ।

दुम्किबास सेवा केन्द्रको लघुवित्त उपसमिति सदस्य श्री दमयन्ति रूचालज्यूको सभापतित्व रहेको सो कार्यक्रममा सर्दि क्षेत्रका ५० जना समुह पदाधिकारीहरु साथै कर्मचारीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा संस्था एवं संस्थाले संचालन गरेको लघुवित्त कार्यक्रम सम्बन्धि विभिन्न विषयहरूमा छलफल एवं अन्तरक्रिया गरिएको थियो।

उक्त कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो भने संस्थाको संस्थागत परिचय एवं कार्यक्रम संचालन दुम्किबास सेवा केन्द्र इन्चार्ज अर्जुन प्रसाद पौडेलले गर्नु भएको थियो।

२०७६ आश्विन ९- दुम्कीबाद

 

समूह व्यवस्थापन अभिमुखिकरण तालिम रजहर धुसेरीमा सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. जनमुखी सेवाकेन्द्र अन्तर्गतको लघुवित्त समूह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम रजहर धुसेरी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ ।

सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य श्री चिन्तामणी चापागाईंज्यूको संयोजकत्वमा भएको अभिमुखिकरण तालिममा सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य श्री रनकान्ती सापकोटाज्यू, सेवाकेन्द्र लघुवित्त उपसमितिका सदस्य श्री मिनाकुमारी रायमाझीज्यु साथै कर्मचारी हरुको उपस्थिती रहेको थियो।

सातवटा महिला समुहका ५१ जना पदाधिकारीको उपस्थिती रहेको उक्त तालिमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो ।

किसान साकोसको अन्तर्क्रिया कार्यक्रम देवचुली नागरपालिका वार्ड न. ६ कुम्सोतमा सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. द्वारा संचालित लघुवित्त सम्बन्धि अन्तर्क्रिया कार्यक्रम देवचुली नागरपालिका वार्ड न. ६ कुम्सोतमा सम्पन्न भएको छ ।

देवज्योती सेवा केन्द्रका समयोजक श्री खगराज कंडेलज्यूको सभापतित्व रहेको कार्यक्रममा २५ जना सहभगी लगायत देवज्योती सेवा केन्द्रका ऋण समयोजक श्री हरि प्रसाद पाण्डे, वार्ड जनप्रतिनिधि श्री आइत राम दिस्वाका साथै किसान साकोस कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

असोज ६ २०७६
देवचुली सेवाकेन्द्र