Skip to main content

कावासोतीमा महिलाहरुलाई वित्तिय साक्षरता तालिम सम्पन्न

FinancialLiteracyTrainingKawasoti7Feb2020

किसान बचत तथा ऋण सहकारी संस्था लि., कावासोती सेवाकेन्द्रको आयोजनामा वित्तिय साक्षरता तालिम एवं नीति तथा नियमको बारेमा छलफल कार्यक्रम होटल द फुलमुनको सभा हलमा सम्पन्न भएको छ ।

८२ जना सहभागी रहेको कार्यक्रम कावासोती सेवाकेन्द्र संयोजक ‌‌श्री देवी घिमिरेको अध्यक्षता र संस्थाका पूर्व अध्यक्ष तथा शिक्षा समिति संयोजक श्री तिलक पराजुली र लघुवित्त प्रमुख श्री प्रेम अधिकारको सहजीकरणमा संचालन भएको थियो ।

उक्त कार्यक्रममा सेवाकेन्द्र संयोजकज्यूले वित्तिय साक्षरता तालिमले महिलाहरुलाई वित्तीय व्यवस्थापनमा सहयोग पुर्याउने बताउनुभयो साथै सहभागीहरुले उक्त कार्यक्रम निकै जीवनोपयोगी रहेको भन्दै संस्थालाई धन्यवाद दिनुभएको थियो ।

साथै उक्त तालिममा संचालक सदस्य श्री पशुपति पाेखरेल, व्यवसाय प्रवर्धन उपसमिति सदस्य श्री दिपक चन्द्र भट्टराई, कावासोती सेवाकेन्द्र उपसमिति सदस्य श्री शुभ राना र श्री कृष्ण कुमारी पाण्डेको विषेश उपस्थिती रहेको थियो।

२४ माघ २०७६, कावासोती

दुम्किबास सेवाकेन्द्र अन्तर्गत विनयी त्रिवेणी-४, सर्दीमा सम्पर्क कार्यालय मार्फत सेवा शुभारम्भ

किसान बचत तथा ऋण सहकारी संस्था लि., दुम्किबास सेवाकेन्द्र अन्तर्गत विनयी त्रिवेणी-४, सर्दीमा सम्पर्क कार्यालय मार्फत सेवा शुभारम्भ गरिएको छ । कार्यक्रम दुम्किबास सेवाकेन्द्र संयोजक श्री प्रकाश खनालज्यूको अध्यक्षता एवं संस्थाका अध्यक्ष श्री श्रीहरी चालिसे, कोषाध्यक्ष श्री प्रेम सापकोटा, संचालक सदस्य श्री दु्र्गा प्रसाद चालिसे, श्री बालु पुरी, श्री जयलाल पराजुली, प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटाज्यूको विषेश उपस्थिती रहेको थियो भने दुम्किबास सेवाकेन्द्र व्यवस्थापन समिति सहसंयोजक श्री बुद्धि प्रसाद पौडेल, सदस्यहरू श्री ढाकाराम शर्मा, श्री तेज प्रसाद कोईराला, श्री कृष्ण बहादुर वि.क., सर्दी सम्पर्क कार्यालय व्यवस्थापन उपसमिति सदस्य श्री दमयन्ती रूचाल लगायत शेयर सदस्यहरू एवं कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भयो ।

किसान साकोस, देवज्योति कृषी सहकारी तथा किर्तिपुर ऐकिकरण घोषणा सभा तथा चौधौं सेवाकेन्द्र समुद्घाट्न समारोह

११ माघ, देवचुली नगरपालिका ।
नेपालमै साकोसको एकीकरण अभियान सञ्चालन गरी सबैभन्दा धेरै साकोससँग एकीकरण गर्न सफल गैंडाकोटको किसान साकोसले फेरि अर्को इतिहास रचेको छ । गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान साकोस, देवचुली नगरपालिका अवस्थित किर्तिपुर साकोस र देवज्योति कृषी सहकारी बीच एकीकरण घोषणासभा तथा किसानको १४ औं सेवा केन्द्रको शुभारम्भ गर्दै नयाँ इतिहास रचेको हो ।
शनिबार देवचुली नगरपालिका वडा नं. ९ स्थित देवज्योति सेवाकेन्द्र परिसर पछाडीको मैदानमा आयोजित कार्यक्रममा तिनवटा सहकारीको एकीकरण घोषणा गर्नुका साथै नयाँ सेवा केन्द्रको समेत शुभारम्भ गरिएको हो ।
 
कार्यक्रममा साविक किसान साकोस, साविक देवज्योति कृषी सहकारी र किर्तिपुर साकोसका प्रतिनिधीहरुले मञ्चमा हात समातेर संगसंगै उठाई एकिकरणको सन्देश दिनुभएको थियो ।
कार्यक्रममा एकीकरण पछि बनेको नयाँ सेवा केन्द्र देवज्योति सेवा केन्द्रको प्रमुख अतिथी देवचुली नगरपालिकाका नगरप्रमुख श्री पूर्ण कुमार श्रेष्ठद्वारा रिबन काटेर समुद्घाटन गर्नुभएको थियो।
 
कार्यक्रममा विशिष्ट अतिथीकारुपमा नेपाल बचत तथा ॠण केन्द्रीय संघ लि. ( नेफ्स्कून ) का लेखा समिती संयोजक नवराज सापकोटा , नेफ्स्कून संचालक समिति सदस्य विद्या कोइराला साथै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल रहनुभएको थियो।
 
कार्यक्रममा मनतव्य राख्दै प्रमुख अतिथी श्रेष्ठले किसान साकोसले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै संस्थाको प्रगतिको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले सहभागीलाई स्वागत गर्दै विक्रम संवत २०५२ सालमा स्थापना भएको सहकारी हाल शेयर सदस्यको हातेमालोका कारणले विशाल सहकारी बन्दै अघि बढिरहेको बताउँदै अब्बल वित्तीय संस्थाका रुपमा विकासित र बिस्तार हुँदैं चितवन र तनहुँ जिल्लामा पनि फैलिएको बताउनु भयो।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाले निती विधी र प्रविधी अंँगाल्दै गइरहेको सहकारीबाट दिगो रुपमा सेवा दिन आधुनिक प्रविधिको प्रयोग गरी एकीकृत र गुणस्तरीय सेवा प्रदान गर्न अघि बढेको बताउनुभयो ।
 
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी कलाकारहरु चन्द्रा गुरुङ्ग, प्रेम बराल, गणेश वि.क.न, गोविन्द भुसाल, सपना परियार, मैना गुरुङ्गको सांस्कृतिक प्रस्तुती राखेका थिए ।
 
संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता एवंम् साविक किर्तिपुर साकोस अध्यक्ष नौला सिं सुनारी र साविक देवज्योति कृषी सहकारीका अध्यक्ष खगराज कँडेलको सहअध्यक्षता रहेको कार्यक्रम संस्थाका सचिव अनिल सापकोटाको सहजीकरणमा सम्पन्न भएको हो ।

 

संस्थागत परिचय तथा लघुवित्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम – सप्तरङ्गी भरतपुर सेवाकेन्द्र – २०७६ माघ १७

सेवा केन्द्रः सप्तरङ्गी भरतपुर सेवाकेन्द्र

मितिः १७ माघ २०७६

समयः ११ः०० बजे

स्थानः सप्तरङ्गी भरतपुर

संस्थागत परिचय तथा लघुवित्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम – सप्तरङ्गी भरतपुर सेवाकेन्द्र – २०७६ माघ १५

सेवा केन्द्रः सप्तरङ्गी भरतपुर सेवाकेन्द्र

मितिः १५ माघ २०७६

समयः ११ः०० बजे

स्थानः सप्तरङ्गी भरतपुर

ऐकिकरण घोषणा सभा तथा चौधौं सेवाकेन्द्र समुद्घाट्न समारोहमा हार्दिक आमन्त्रण – सूचना

नेपालकै सर्वोत्कृष्ट किसान बचत तथा ऋण सहकारी संस्था लि, देवज्योति कृषी सहकारी संस्था लि. बिच एकिकरण पश्चात एकिकृत सेवा प्रदान गर्न एकिकरण घोषणा सभा तथा चौधौं सेवा केन्द्र समुद्घाटन समारोह यही माघ ११ गते शनिवार विहान ११ बजे देवज्योति सेवा केन्द्र नजिकै देवचुली-९ विशालटार स्थित एस-मोडको चौरमा राष्ट्रिय लोक तथा दोहोरी गायिका चन्द्रा गुरुङ्ग, राष्ट्रिय कलाकारहरु प्रेम बराल, गणेश वि.क. लगाएत स्थानिय कलाकारहरु सपना परियार, मैना गुरुङ्गको बेजोड साँस्कृतिक प्रस्तुतीको साथमा हुन गईरहेको हुँदा सम्पूर्ण शेयर सदस्य तथा शुभचिन्तकज्यूहरुलाई उपस्थितीको लागि हार्दिक आमन्त्रण गर्दछौ।

खगराज कण्डेल, सेवा केन्द्र संयोजक
एवं
किसान बचत तथा ऋण सहकारी संस्था परिवार

 

 

समृद्धि भरतपुर सेवाकेन्द्रद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.को, समृद्धि भरतपुर सेवा केन्द्र अन्तर्गत एक दिने संस्थागत परिचय एवं लघुवित्त सम्बन्धी अन्तरकृया कार्यक्रम पोखरीचोकको सभाहलमा ९० जना स्थानीयको सहभागितामा सम्पन्न भयो।

सेवा केन्द्र सह-संयोजक श्री अम्बिका सुवेदीज्यूको अध्यक्षता रहेको उक्त कार्यक्रममा विशेष उपस्थिती संस्थाका कोषाध्यक्ष श्री प्रेम सापकोटा, पुर्व अध्यक्ष तथा ऋण संयोजक श्री गोपाल प्रसाद गौतम, पूर्व अध्यक्ष तथा सञ्चालक सदस्य श्री तिलक प्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटा लगाएत लघुवित्त प्रमुख श्री प्रेम प्रसाद अधिकारी, संस्थाको व्यवस्थापन समिति श्री भरत अधिकारी, श्री गोमा गौतम, सल्लाहकार श्री टिकाराम देवकोटा, सेवा केन्द्र ईन्चार्ज श्री सुबास गौतम लगाएत कर्मचारीहरु सतिस शर्मा, शुभद्रा तिवारीको उपस्थितीमा सम्पन्न भयो।

कार्यक्रममा संस्थाका ऋण संयोजक तथा पुर्व अध्यक्ष श्री गोपाल प्रसाद गौतमज्यूले हाम्रो समुदायमा महिलाको भुमिका प्रमुख रहेको र यस संस्थाले मेघा प्रोजेक्टको रुपमा लिएको लघुवित्त कार्यक्रममा महिलाहरुलाई सहभागी हुन अनुरोध गर्नु भएको थियो।

कोषाध्यक्ष श्री प्रेम सापकोटाले “एकिकरण भएपछि संस्थाको उत्कृष्ट सेवा सुविधाहरु लिन अनुरोध गर्दै, स्वास्थ्य छुट कार्डको सुविधा पनि प्रयोग गर्न अनुरोध गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाज्यूले कार्यक्रममा उठेका प्रश्नलाई सम्बोधन गर्नुभएको थियो भने लघुवित्त प्रमुख श्री प्रेम अधिकारीज्यूले सहजीकरण गर्नु भएको थियो।