Skip to main content

COVID19 काे उपचारकाेलागि किसान साकाेसले ५१ शैयाको हस्पिटल गैंडाकाेट नगरपालिकालाई हस्तान्तरण

किसान साकाेस र सहज स्वास्थ्य सहकारी एकीकरण पश्चात् साविक सहज स्वास्थ्य सहकारीद्वारा सञ्चालित ५१ शैयाको हस्पिटल, किसान साकाेसले गैंडाकाेट नगरपालिकालाई COVID 19काे राेकथाम र उपचारकाे लागि हस्तान्तरण गरेको छ।

सो अवसरमा चौधरी ग्रुपले PPE पर्सनल प्रोटेक्सन ईक्यूप्मेन्टहरु प्रदान गरेको छ।

किसान साकोसले आफ्ना सबै सेवाकेन्द्रहरुबाट कोरोना सचेतना कार्यक्रम सञ्चालन गरेको थियो। सो कार्यक्रम अन्तर्गत सबै सेवाकेन्द्रमा प्रवेश हुनु अघी स्यानेटाईजर र साबुन पानीले हात धुने व्यवस्था तथा सचेतना सूचना सहितको फ्लेक्स सार्वजनिक स्थानहरुमा टाँस गरिएको थियो।

किसान साकोसका अध्यक्ष श्रिहरि चलिसेद्वारा सबैजना घरमै रहि स्व-क्वारन्टिनमा बस्न आग्रह गर्नु भएको छ। किसान साकोस सदस्य र समुदाय प्रति उत्तरदायी संस्था रहेकोले लोक-कल्याणका निम्ती सदैव तत्तपर रहने बताउनु भएको छ।

किसान साकोसको २०औं सेवाकेन्द्र – सप्तगण्डकी सेवाकेन्द्र देवघाट धाम तनहुँमा शुभारम्भ

गैंडाकोट, ९ चैत्र ।  किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं सेवाकेन्द्र देवघाटमा शुभाम्भ गरिएको छ । आइतबार देवघाट गाउँपालिका वडा नं. ५, तनहुँमा, सप्तगण्डकी सेवाकेन्द्रका संयोजक ऋषिराम सुवेदीको अध्यक्षतामा सम्पन्न स्वास्थ्य सचेतना तथा समुद्घाटन कार्यक्रमका बीच संस्थाका २०औं सेवाकेन्द्रकारुपमा सप्तगण्डकी सेवाकेन्द्रको देवघाट गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एलबहादुर गुरुङले सेवाकेन्द्रको रिबन काटेर शुभारम्भ गर्नुभएको छ।
देवघाट गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एलबहादुर गुरुङले यस क्षेत्रमा किसान साकोस आएकोमा आफुहरु खुसि भएको भन्दै अहिले नेपालसहित विश्वभर कोरोना भाइरसको माहामारी देखिएकाले विपद्को समयमा सर्तक बन्न सबैलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा किसान साकोसले सचेतनामुलक सन्देश प्रवाह गर्नुका साथै सबै सेयर सदस्यलाई हेल्चेक्राई नगरिकन सुरक्षित र सर्तक बन्न आह्वान गरेको छ ।  विशेषगरी बैंक तथा वित्तिय क्षेत्र विपद्का समयमा झनै अत्यावश्यक बन्ने भएकाले पालिकाका स्थानीयहरुको माग अनुसार नै आईतबार शुभारम्भ गरिएको अध्यक्ष चालिसेले जानकारी दिनुभएको छ ।
सेवाकेन्द्रको शुभारम्भमा धार्मिक तिर्थस्थल देवघाटधामका बटुकहरुले स्वस्ति शान्ति गरी बैद्धिक विधिपूर्वक पुजनसमेत गरेका थिए ।
अत्यन्तै न्यून उपस्थितिका बीच गरिएको शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार माधवप्रसाद गौतम, निर्वतमान अध्यक्ष गोपालप्रसाद गौतम, पूर्व अध्यक्ष तिलकप्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटासहित १ दर्जन पालिकाका सेयर धनिको उपस्थिति रहेको सचिव अनिल सापकोटाले जानकारी दिनुभएको छ ।

सप्तगण्डकी सेवाकेन्द्रद्वारा सदस्य अन्तरक्रिया कार्यक्रम देउपुर, देवघाट ५, तनहुँमा सम्पन्न

[et_pb_section admin_label=”section”]
[et_pb_row admin_label=”row”]
[et_pb_column type=”4_4″]
[et_pb_text admin_label=”Text”]
किसान साकोस सप्तगण्डकी सेवाकेन्द्र संयोजक ऋषीराम सुबेदीको सभातपित्वमा एवं देवघाट गाँउपालिका वडा नं. पाँचका वडा अध्यक्ष यल बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सदस्य अन्तरक्रिया कार्यक्रम देउपुर, देवघाट ५, तनहुँमा सम्पन्न गरियो।
कार्यक्रममा विशेष उपस्थिति संस्थाका अध्यक्ष श्रीहरि चालिसे, पूर्व अध्यक्ष एवं ऋण संयोजक गोपाल प्रसाद गौतम, पूर्व अध्यक्ष एवं शिक्षा उपसमिति संयोजक तिलक प्रसाद पराजुली, संचालक सदस्य राजेन्द्र गौतम, दुर्गा प्रसाद चालिसे, मिना कुमारी रायमाझी, कावासोती सेवाकेन्द्र संयोजक देवि घिमिरे, कार्यकारी प्रमुख नवराज सापकोटा, लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारी रहनु भएको थियो।
अतिथीको रुपमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल, नेकपा देवघाट गाँउपालिकाको पार्टी अध्यक्ष भुवन गुरुङ्ग, नेका देवघाट गाँउपालिकाको पार्टी अध्यक्ष प्रेम बहादुर गुरुङ्ग, देवघाट उ.वा.संघ. अध्यक्ष रोशन श्रेष्ठ, वडा सदस्य भोजराज नैनवस्ती, समाजसेवी चन्द्र प्रकाश दवाडीको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मनतव्य सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य भिम प्रसाद सुवेदीले दिनु भएको थियो।
प्रमुख अतिथी देवघाट गाँउपालिका वडा नं. पाँचका वडा अध्यक्ष यल बहादुर गुरुङ्गले देवघाटमा वित्तिय कारोबारको अवस्था र किसान साकोसले पुराउन सक्ने योगदानको चर्चा गर्दै गाँउपालिकाबाट पूर्ण सहयोग रहने बताउनु भयो।
नेकपा देवघाट गाँउपालिकाको पार्टी अध्यक्ष भुवन गुरुङ्गले किसानको आगमन देवघाटको लागि राम्रो हुने बताउनु भयो।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले
संस्थाका कार्यकारी प्रमुख नवराज सापकोटाले संस्थाको परिचय, प्रदान गरिएका सेवा तथा कार्यक्रम एवं गतिविधीहरुको बारेमा जानकारी गराउनु भएको थियो।
संस्थाका अध्यक्ष श्रीहरि चालिसेले देवधाट गाँउपालिकामा सदस्य विस्तारलाई अगाडी बढाउदै किसान साकोसको लघुवित्त कार्यक्रमलाई अगाडी बढाउने बताउनु भयो।
कार्यक्रमको सञ्चालन सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य होम बहादुर भारतीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

मितिः १५ फाल्गुन २०७६ – देउपुर, देवघाट ५, तनहुँ


[/et_pb_text]
[/et_pb_column]
[/et_pb_row]
[/et_pb_section]

सौहार्द सेवाकेन्द्र रत्ननगरबाट एकीकृत कारोबार शुभारम्भ

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र विस्तार गर्ने क्रममा रत्ननगरको सौहार्द साकोससँग एकीकरण पश्चात रत्ननगर टाँडी बजारमा सौहार्द सेवाकेन्द्रका रुपमा एकिकृत सेवा शुभारम्भ गरेको छ ।

सोमबार किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे र सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद नेपालले विधिवत पुजा गरि सेवा शुभारम्भ गर्नुभएको छ। सो अवसरमा पाँच कन्याहरुलाई बालबचत खाता सञ्चालन गरी पासबुक उपलब्ध गराइएको थियो ।

संस्थाले स्थापनाकालदेखि हालसम्म विभिन्न २४ वटा सहकारीसँग एकीकरण गरी सेवा प्रदान गरेको र  प्रदेश ३, ४ र ५ मा आफ्नो कार्यक्षेत्र विस्तार गर्दै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

किसान साकोस अब २० वटा सेवा केन्द्रमार्फत सेवा सञ्चालन भइरहेको र संस्थाको कुल कारोबार एक अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।  संस्थाले एम्बुलेन्स सेवासमेत सुचारु गरेको बताउँदै सदस्यहरुलाई नारायणी सामुदायिक हस्पिटलमा १७ प्रतिशत छूट तथा पूर्ण शारिरिक जाँचमा ३० प्रतिशत छुट सुविधालगायत अन्य सदस्यलक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

संस्थाले ३६५ दिन नै सेवा प्रदान गर्दै आएको छ । यस्तै, मोबाइल बैंकिङ, एक लाखसम्मको निःशुल्क दुर्घटना बिमा, निःशुल्क एबीबीएस सेवा,  २०  हजार रुपैयाँको पारिवारिक राहत कोष, आकस्मिक ऋण व्यवस्था, जुनसुकै देशबाट पठाएको रकम तुरुन्त पाइने, नेपालको जुनसुकै ठाउँमा रकम पठाउन र प्राप्त गर्न सकिने, मोबाइल, डिस होम, एडीएसएल, टेलिफोनमा रिचार्ज सुविधा, विद्युत् तथा पानीको भुक्तानी सुविधा, सुत्केरी भेटघाट तथा सदस्य सम्मान कार्यक्रम, लघुवित्त कार्यक्रमलगायतका सेवासमेत सञ्चालन गर्दै आएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा केन्द्रीय समिति र सेवा केन्द्र व्यवस्थापन समिति सदस्य, विभिन्न उपसमिति, सल्लाहकार तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

मोबाईल SMS र मोबाईल बैङ्कीङ्ग अवरुद्ध रहेने सूचना

यस किसान बचत तथा ऋण सहकारी संस्थाबाट प्रदान गरिने युटिलिटी सेवाको प्राविधिक स्तरोन्नतिका लागि कार्य भैरहेको हुनाले सदस्यहरुले संस्थाबाट एस.एम.एस. र मोबाईल एप्स सेवा अवरुद्ध हुन गएको सुसूचित गराउँदै सेवा सुचारु भएपछि पुनः सूचना गरिने जानाकारी गराउँदछौं । यसबाट शेयर सदस्यहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।

किसान साकोसका कर्मचारीहरुका लागि पेशागत विकास तथा उत्प्रेरणात्मक तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा कार्यरत कर्मचारीहरुका लागि पेशागत विकास तथा उत्प्रेरणात्मक तालिम सम्पन्न गरेको छ।

फ्यामेली क्याफे गैंडाकोटमा संस्थामा कार्यरत रहेका सबै १२३ जना कर्मचारीहरुलाई शैक्षिक परामर्शदाता तथा राष्ट्रिय प्रशिक्षक विनोद कार्कीले १ दिने प्रशिक्षण दिनुभएको थियो ।

कर्मचारीहरुमा पेशागत क्षमता विकास तथा व्यक्तित्व विकास गरी समग्रमा संस्थाको गुणस्तरीय सेवा प्रवाह गर्न बिगत ७ वर्षदेखि निरन्तर रुपमा वर्षमा २ पटक कर्मचारीहरुलाई सो किसिमको तालिम आयोजना हुँदै आएको छ ।

संस्थाका अध्यक्ष श्रीहरि चालिसेज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष भोजराज पौडेलज्यू, सचिव अनिल सापकोटाज्यू, कोषाध्यक्ष प्रेम सापकोटाज्यू र पुर्वअध्यक्ष तथा ऋण समिती संयोजक गोपाल प्रसाद गौतमज्यू, संस्थाका कार्यकारी अधिकृत नवराज सापकोटाज्यूको उपस्थिती रहेको थियो।

 

News Coverage:

https://www.samriddhikhabar.com/2020/02/blog-post_33.html