Skip to main content

किसान साकोसको २१औं सेवाकेन्द्र – सहज सेवाकेन्द्र गैंडाकोट-४मा शुभारम्भ

गैंडाकोट, १ जेठ । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं सेवाकेन्द्र गैंडाकोट-४, सहजचोकमा शुभाम्भ गरिएको छ । सहज सेवाकेन्द्रका संयोजक तिर्थराज रिमालज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको २१औं सेवाकेन्द्रकारुपमा सहज सेवाकेन्द्रको गैंडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने ज्यूद्वारा सेवाकेन्द्रको दिप प्रज्जवलन गरि शुभारम्भ गर्नुभएको छ।

“किसान को सान: एकीकृत सेवा को अभियान” अन्तर्गत साविक सहज स्वास्थ्य सहकारी र किसान साकोस बिच एकिकरण पश्चात सहज सेवाकेन्द्र सञ्चालनमा आएको हो। सामाजिक दुरी कायम राख्दै सञ्चालन गरिएको कार्यक्रममा विषेश अतिथी गैंडाकोट नगरपालिकाका प्रशासकिय अधिकृत लिलाधर शर्माज्यू र विषेश उपस्थितीमा संस्थाका अध्यक्ष श्रीहरि चालिसेज्यू, लेखा तथा सुपरिवेक्षण समिति संयोजक चिन्ता मणी कडेलज्यू, कोषाध्यक्ष प्रेम सापकोटाज्यू, साविक सहज स्वास्थ्य सहकारीका संस्थापक अध्यक्ष भिम प्रसाद शर्माज्यू, पूर्व अध्यक्ष करुणा सागर सुबेदीज्यू, संस्थाका निवर्तमान अध्यक्ष तथा ऋण संयोजक गोपाल प्रसाद गौतमज्यू, पूर्व अध्यक्ष तथा शिक्षा उपसमिति संयोजक तिलक प्रसाद पराजुलीज्यू, सञ्चालक सदस्य राजेन्द्र गौतमज्यू, पार्वती ज्ञवालीज्यू,  संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाज्यू, विजयनगर सेवाकेन्द्र संयोजक नर बहादुर थापाज्यू, हिमचुली सेवाकेन्द्र संयोजक जयलाल पराजुलीज्यू, संस्थाका सल्लाहकार समितिका सदस्य दयाराम पौडेलज्यू, सहज सेवाकेन्द्रका सल्लाहकार टोलनाथ घिमिरेज्यू र तेज प्रसाद घिमिरेज्यू  लगाएत सेवाकेन्द्र व्यवस्थापन समितिका पदाधिकारीहरु एवं कर्मचारीहरु रहनु भएको थियो।

कार्यक्रम संस्थाका सचिव अनिल सापकोटाज्यूले सहजिकरण एवं सञ्चालन गर्नु भएको थियो।