Skip to main content

किसान साकोसद्वारा नवलपुरका पालिकाहरुको बिपत कोषमा रु ६लाख पैतालिस हजार सहयोग

गैंडाकोट, १८ जेष्ठ ।
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एकै दिन नवलपुरका ५ वटा पालिकाहरुलाई लाखौं रकम राहत प्रदान गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार नवलपुरको गैंडाकोट नगरपालिकादेखि पश्चिमतर्फका विनयी त्रिवेणी गाउँपालिकालाई राहत रकम प्रदान गरीएको हो।
विश्वभर माहामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस  (कोभिड १९)को सन्र्दभमा आफ्ना १३५ जना कर्मचारी र सञ्चालकहरुको पहलमा सङ्कलित ८ लाख रुपैयाँभन्दा बढि रकम स्थानीय निकायमार्फत आफ्नो कार्यक्षेत्रमा प्रदान गर्न लागेको हो ।
अभियान अन्तर्गत गैंडाकोट नगरपालिकालाई १ लाख ४१ हजार रुपैयाँ प्रदान गरिएको छ। गैंडाकोट नगरपालिकाका नगर–प्रमुख छत्रराज पौडेललाई सो रकम हस्तान्तरण गर्दै सहकारीले राहत वितरण अभियानको शुभारम्भ गरेको हो।
गैंडाकोट नगरपालिकाका नगर–प्रमुख छत्रराज पौडेलले विश्वभरी स्वास्थ्य माहामारी फैलिरहेको विसम परिष्थितिमा सहकारीले आर्थिक सहयोग प्रदान गरेकोमा आभार प्रकट गर्दै सहकारीले विगतदेखि क्वारेन्टाइन निर्माणार्थ भवन उपलब्ध, एम्बुलेन्स सेवा लगायतका सहयोग गर्दै सामाजिक उत्तरदायित्व वहन गरेकोमा नगरपालिकाको तर्फबाट आभार प्रकट गर्दै प्रशंसनीय कार्य रहेको धारणा राख्नुभएको थियो  ।
यस्तैगरी नवलपुरको देवचुली नगरपालिकालाई १ लाख २६ हजार रुपैयाँ राहत प्रदान गरिएको छ ।  देवचुली नगरपालिकाका नगर–प्रमुख पूर्णकुमार श्रेष्ठलाई सो रकमको चेक हस्तान्तरण  गरिएको थियो ।
यस्तैगरी एक कार्यक्रमका विच नवलपुरको मध्यविन्दु नगरपालिकाकालाई १ लाख २६ हजार रुपैयाँ राहत प्रदान गरिएको छ । मध्यविन्दु नगरपालिकाका नगर–प्रमुख चन्द्रबहादुर रानालेलाई सो रकमको चेक हस्तान्तरण गरिएको थियो ।
नगरपालिकाको सहयोग कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रहनुभएका नगरप्रमुख चन्द्र बहादुर रानाले बर्तमान समयमा मानबको सभ्यता, सद्भाव, कल्याणको भावना झल्किने भन्दै सहकारीको पुण्य कार्य सबैका लागि सिकाईको कार्य रहेको धारणा राख्नुभएको थियो। मुलुक गंभिर परिष्थितिबाट अघि बढ्दा यहाँको कार्यक्षेत्र भित्रै पर्ने किसान साकोस्ले मध्यविन्दु नगरपालिकामाम समेत राहत वितरण गरेकोमा प्रशंसा गर्दै सहकारीसँग सधै हातेमालो गर्ने प्रतिबद्धता जनाउँदै जारी लकडाउनको पालना गर्नका लागि जोड दिदै आफ्नो लागि आफै सतर्क हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । साथै उहाले सहयोगी सस्थाप्रति हादिर्क आभार प्रकट गर्दै धन्यवाद समेत दिनुभएको छ । उक्त कार्यक्रममा नगरउपप्रमुख ओमकुमारी महत्तो, योजना शाखा प्रमुख बिकास नरसिंह राणा, होटल व्यबसायी संघका अध्यक्ष बिशाल जङ्ग थापाको उपस्थिति रहेको थियो।
यस्तैगरी अर्को एक कार्यक्रमका विच जिल्लाको कावासोती नगरपालिकालाई बराबर १ लाख २६ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रमका बोल्दै कावासोती नगरपालिकाका नगर–प्रमुख चन्द्रकुमारी पुनले सहकारीले आफ्नो दायित्व बोध गर्दै नगरपालिकामै पुगेर आर्थिक सहयोग गरेकोमा नगरबासीको तर्फदेखि आभार प्रकट गर्नुभएको थियो । प्रमुख पुनले यहाँका नगरबासीलाई समेत व्याजमा सहुलियत र बिलम्ब शुल्क मिनाहा जस्ता कार्यहरु गरेकोमा सहकारीको प्रंशसा गर्नभयो ।
जिल्लाको पश्चिमतर्फको पालिका विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले सहकारीले पवित्र कार्यले सबैलाई चकित पारेको प्रतिकृया दिनुभएको छ । उहाँले विश्व नै स्वास्थ्य माहामारीले थलिदै गर्दा नवलपुरबाट राष्ट्रिय स्तरमा चर्चित सहकारी आफ्नो ठाउँसम्म पुगेर जनसमुदायको सुख, दुःखमा हातेमालो गरेकोमा हृद्धयदेखि आभारी प्रकट गर्नुहुँदै सबैमाझँ नेतृत्वदायी भूमिका खेलेको चर्चा गर्नुभएको थियो ।
सबै पालिकामा सहकारीका अध्यक्ष सहित प्रतिनिधि पुगेर पालिकाका प्रमुख वा अध्यक्ष समक्ष रकम प्रदान गरीएको थियो ।
हस्तान्तरण कार्यक्रममा संस्थाका सचिव अनिल सापकोटाले सहजीकरण गर्नुभएको थियो भने कोषाध्यक्ष प्रेम सापकोटा, हिमचुली सेवाकेन्द्र संयोजक जयलाल पराजुली, अरुणखोला सेवाकेन्द्रका संयोजक अर्जुन खनाल, भविष्य निर्माण सेवा केन्द्रका संयोजक धनञ्जय शर्मा, पञ्चवटी सेवा केन्द्रका संयोजक कला भुषाल, प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा, वरिष्ठ अधिकृत गणेश शर्मा पौडेल, सेवा केन्द्र प्रमुखहरु यानिसरा गाहा, योगेन्द्र न्यौपाने, प्रमुख शर्मिला भण्डारीको उपस्थिति रहेको थियो।
सहकारीले आइतबार र सोमबार गरी सहकारीको कार्यक्षेत्र भित्र पर्ने नवलपुर, चितवन र तनहुँ जिल्लाका ८ वटा स्थानीय निकाय (पालिका) मा गरी ८ लाख भन्दा बढि रकम पालिकाको राहत कोषमा हस्तान्तरण गर्न लागेको छ ।