Skip to main content

संस्थागत परिचय तथा लघुवित्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम भविष्य निमार्ण सेवाकेन्द्रमा सम्पन्न

किसान वचत तथा ऋण सहकारी संस्था लि. को भविष्य निमार्ण सेवा केन्द्रमा सेवाकेन्द्र संयोजक श्री धनञ्जय शर्माज्यूको अध्यक्षतामा संस्थागत परिचय तथा लघुवित्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम चोरमारा बजार विकास समितिको हलमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष श्री श्रीहरी चालिसे, सञ्चालक सदस्य एवं लघुवित्त संयोजक श्री प्रेम सापकोटा, लघुवित्त सदस्य तथा ऋण उप–समिति सदस्य श्री दुर्गा प्रसाद चालिसे, संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटाज्यूको विशेष उपस्थित रहेको थियो। कार्यक्रम लघुवित्त प्रमुख श्री प्रेम प्रसाद अधिकारी ज्यूले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमा विभिन्न स्थानबाट संस्थामा सदस्य बन्न इच्छुक ३५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाको परिचय, संस्थाले प्राप्त गरेका उपलब्धी, संस्थाले प्रदान गर्ने सेवा सुविधा आदि बारे छलफल भएको थियो ।

किसान केन्द्रिय कार्यलय अन्तर्गतको लघुवित्त समूह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. केन्द्रिय कार्यलय अन्तर्गतको लघुवित्त समूह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
लघुवित्त उपसमितिका संयोजक श्री प्रेम सापकोटाज्यूको संयोजकत्वमा भएको अभिमुखिकरण तालिममा उपसमिति सदस्यहरु श्री डिलराम सापकोटाज्यू, दुर्गा प्रसाद चालिसेज्यूको उपस्थिती रहेको थियो।
पाँचवटा महिला समुहका ३३ जना पदाधिकारीको उपस्थिती रहेको उक्त तालिमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो । तालिमको सहयोगीको भुमिका समूह परिचालक बिन्दु शर्मा र श्रीदेवी पंगेनीबाट भएको थियो।

देवज्योती सेवाकेन्द्र विशालटरमा लघुवित्त समुह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि देवज्योती सेवा केन्द्र विशालटरमा लघुवित्त समुह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न भएको छ । देवज्योती सेवा केन्द्रका संयोजक श्री खगराज कंडेल ज्युको संयोजकत्वमा भएको अभिमुखिकरण तालिममा ६ वटा महिला समुहका ३२ जान पदधिकारी, लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त तालिमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

किसान साकोस कर्जा व्यवस्थापन तालिम सम्पन्न

२०७६ भाद्र ८

राष्ट्रिय सहकारी बैंकका कर्जा विभाग प्रमुख प्रमोद कुमार घिमिरे ज्यूबाट किसान साकोसका कर्मचारीहरुलाई कर्जा व्यवस्थापन तालिम प्रदान गर्नु भयो।

https://www.facebook.com/pg/kisanbachatsahakari/photos/?tab=album&album_id=1379813808861608

महिला समूहका प्रतिनिधिज्यूहरुलाई किसान लघुवित्त महिला सदस्य सम्मेलन, २०७६को निमन्त्रणा

नेपालको सर्वोत्कृष्ट तथा अन्तराष्ट्रिय ब्राण्ड प्राप्त यस किसान बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई वित्तीय तथा गैह्र वित्तीय सेवा प्रदान गर्दै आईरहेको विदितै छ । संस्थाले आफ्ना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत वित्तीय साक्षरता, वित्तीय अनुशासन, समूह बचत, लघुकर्जा र विभिन्न सिपमुलक तालिम उपलब्ध गराई महिला सशक्तिकरण, नेतृत्व विकास र स्वावलम्बी बनाउने उद्देश्य सहित यही २०७६ भाद्र ०७ गतेका दिन आर्थिक संवृद्धिको लागि लघुवित्त कार्यक्रममा महिला सहभागिता विषयक नाराका साथ किसान लघुवित्त महिला सदस्य सम्मेलन, २०७६ को आयोजना गरी नवलपुर जिल्लाका आफ्ना ४६००० भन्दा बढी सदस्यहरुको प्रतिनिधित्व गर्दै ८०० जना भन्दा बढी महिला सदस्यहरुको सहभागितामा पूर्व संविधान सभा सदस्य एवं महिला अधिकारकर्मी पेम्वा लामा तथा राष्ट्रिय स्तरका वित्तीय विज्ञ प्रमोदराज घिमिरेबाट कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेकोले किसान साकोस मार्फत गठन भएका महिला समूहका प्रतिनिधिज्यूहरुलाई नारायणी रिसोर्ट, गैंडाकोट २ नारायणी नदि किनारमा ठिक १०.०० बजे उपस्थितिको लागि हार्दिक निवेदन गर्दछौं ।

किसान साकोस परिवार

किसान साकोस र भविष्य निर्माण साकोस एकिकरण समारोह

किसान बचत तथा ऋण सहकारी लिमिटेड गैंडाकोट  र भविष्य निर्माण साकोस मध्यविन्दु ८ रानीटार बीच एकीकरण घोषणासभा तथा किसानको १३ औं सेवा केन्द्रको शुभारम्भ गर्दै नयाँ सहकारी क्षेत्रमा ईतिहास रचेको छ ।

[wpfbint_gallery id=1299476420228681]

रानिटार, चोरमारामा १३औ सेवा केन्द्रको शुभारम्भ