Skip to main content

किसान साकोसका कर्मचारीहरुका लागि पेशागत विकास तथा उत्प्रेरणात्मक तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा कार्यरत कर्मचारीहरुका लागि पेशागत विकास तथा उत्प्रेरणात्मक तालिम सम्पन्न गरेको छ।

फ्यामेली क्याफे गैंडाकोटमा संस्थामा कार्यरत रहेका सबै १२३ जना कर्मचारीहरुलाई शैक्षिक परामर्शदाता तथा राष्ट्रिय प्रशिक्षक विनोद कार्कीले १ दिने प्रशिक्षण दिनुभएको थियो ।

कर्मचारीहरुमा पेशागत क्षमता विकास तथा व्यक्तित्व विकास गरी समग्रमा संस्थाको गुणस्तरीय सेवा प्रवाह गर्न बिगत ७ वर्षदेखि निरन्तर रुपमा वर्षमा २ पटक कर्मचारीहरुलाई सो किसिमको तालिम आयोजना हुँदै आएको छ ।

संस्थाका अध्यक्ष श्रीहरि चालिसेज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष भोजराज पौडेलज्यू, सचिव अनिल सापकोटाज्यू, कोषाध्यक्ष प्रेम सापकोटाज्यू र पुर्वअध्यक्ष तथा ऋण समिती संयोजक गोपाल प्रसाद गौतमज्यू, संस्थाका कार्यकारी अधिकृत नवराज सापकोटाज्यूको उपस्थिती रहेको थियो।

 

News Coverage:

https://www.samriddhikhabar.com/2020/02/blog-post_33.html

कावासोतीमा महिलाहरुलाई वित्तिय साक्षरता तालिम सम्पन्न

FinancialLiteracyTrainingKawasoti7Feb2020

किसान बचत तथा ऋण सहकारी संस्था लि., कावासोती सेवाकेन्द्रको आयोजनामा वित्तिय साक्षरता तालिम एवं नीति तथा नियमको बारेमा छलफल कार्यक्रम होटल द फुलमुनको सभा हलमा सम्पन्न भएको छ ।

८२ जना सहभागी रहेको कार्यक्रम कावासोती सेवाकेन्द्र संयोजक ‌‌श्री देवी घिमिरेको अध्यक्षता र संस्थाका पूर्व अध्यक्ष तथा शिक्षा समिति संयोजक श्री तिलक पराजुली र लघुवित्त प्रमुख श्री प्रेम अधिकारको सहजीकरणमा संचालन भएको थियो ।

उक्त कार्यक्रममा सेवाकेन्द्र संयोजकज्यूले वित्तिय साक्षरता तालिमले महिलाहरुलाई वित्तीय व्यवस्थापनमा सहयोग पुर्याउने बताउनुभयो साथै सहभागीहरुले उक्त कार्यक्रम निकै जीवनोपयोगी रहेको भन्दै संस्थालाई धन्यवाद दिनुभएको थियो ।

साथै उक्त तालिममा संचालक सदस्य श्री पशुपति पाेखरेल, व्यवसाय प्रवर्धन उपसमिति सदस्य श्री दिपक चन्द्र भट्टराई, कावासोती सेवाकेन्द्र उपसमिति सदस्य श्री शुभ राना र श्री कृष्ण कुमारी पाण्डेको विषेश उपस्थिती रहेको थियो।

२४ माघ २०७६, कावासोती

दुम्किबास सेवाकेन्द्र अन्तर्गत विनयी त्रिवेणी-४, सर्दीमा सम्पर्क कार्यालय मार्फत सेवा शुभारम्भ

किसान बचत तथा ऋण सहकारी संस्था लि., दुम्किबास सेवाकेन्द्र अन्तर्गत विनयी त्रिवेणी-४, सर्दीमा सम्पर्क कार्यालय मार्फत सेवा शुभारम्भ गरिएको छ । कार्यक्रम दुम्किबास सेवाकेन्द्र संयोजक श्री प्रकाश खनालज्यूको अध्यक्षता एवं संस्थाका अध्यक्ष श्री श्रीहरी चालिसे, कोषाध्यक्ष श्री प्रेम सापकोटा, संचालक सदस्य श्री दु्र्गा प्रसाद चालिसे, श्री बालु पुरी, श्री जयलाल पराजुली, प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटाज्यूको विषेश उपस्थिती रहेको थियो भने दुम्किबास सेवाकेन्द्र व्यवस्थापन समिति सहसंयोजक श्री बुद्धि प्रसाद पौडेल, सदस्यहरू श्री ढाकाराम शर्मा, श्री तेज प्रसाद कोईराला, श्री कृष्ण बहादुर वि.क., सर्दी सम्पर्क कार्यालय व्यवस्थापन उपसमिति सदस्य श्री दमयन्ती रूचाल लगायत शेयर सदस्यहरू एवं कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भयो ।

किसान साकोस, देवज्योति कृषी सहकारी तथा किर्तिपुर ऐकिकरण घोषणा सभा तथा चौधौं सेवाकेन्द्र समुद्घाट्न समारोह

११ माघ, देवचुली नगरपालिका ।
नेपालमै साकोसको एकीकरण अभियान सञ्चालन गरी सबैभन्दा धेरै साकोससँग एकीकरण गर्न सफल गैंडाकोटको किसान साकोसले फेरि अर्को इतिहास रचेको छ । गैंडाकोटमा मुख्य कार्यालय रहेको किसान साकोस, देवचुली नगरपालिका अवस्थित किर्तिपुर साकोस र देवज्योति कृषी सहकारी बीच एकीकरण घोषणासभा तथा किसानको १४ औं सेवा केन्द्रको शुभारम्भ गर्दै नयाँ इतिहास रचेको हो ।
शनिबार देवचुली नगरपालिका वडा नं. ९ स्थित देवज्योति सेवाकेन्द्र परिसर पछाडीको मैदानमा आयोजित कार्यक्रममा तिनवटा सहकारीको एकीकरण घोषणा गर्नुका साथै नयाँ सेवा केन्द्रको समेत शुभारम्भ गरिएको हो ।
 
कार्यक्रममा साविक किसान साकोस, साविक देवज्योति कृषी सहकारी र किर्तिपुर साकोसका प्रतिनिधीहरुले मञ्चमा हात समातेर संगसंगै उठाई एकिकरणको सन्देश दिनुभएको थियो ।
कार्यक्रममा एकीकरण पछि बनेको नयाँ सेवा केन्द्र देवज्योति सेवा केन्द्रको प्रमुख अतिथी देवचुली नगरपालिकाका नगरप्रमुख श्री पूर्ण कुमार श्रेष्ठद्वारा रिबन काटेर समुद्घाटन गर्नुभएको थियो।
 
कार्यक्रममा विशिष्ट अतिथीकारुपमा नेपाल बचत तथा ॠण केन्द्रीय संघ लि. ( नेफ्स्कून ) का लेखा समिती संयोजक नवराज सापकोटा , नेफ्स्कून संचालक समिति सदस्य विद्या कोइराला साथै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल रहनुभएको थियो।
 
कार्यक्रममा मनतव्य राख्दै प्रमुख अतिथी श्रेष्ठले किसान साकोसले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै संस्थाको प्रगतिको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले सहभागीलाई स्वागत गर्दै विक्रम संवत २०५२ सालमा स्थापना भएको सहकारी हाल शेयर सदस्यको हातेमालोका कारणले विशाल सहकारी बन्दै अघि बढिरहेको बताउँदै अब्बल वित्तीय संस्थाका रुपमा विकासित र बिस्तार हुँदैं चितवन र तनहुँ जिल्लामा पनि फैलिएको बताउनु भयो।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाले निती विधी र प्रविधी अंँगाल्दै गइरहेको सहकारीबाट दिगो रुपमा सेवा दिन आधुनिक प्रविधिको प्रयोग गरी एकीकृत र गुणस्तरीय सेवा प्रदान गर्न अघि बढेको बताउनुभयो ।
 
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी कलाकारहरु चन्द्रा गुरुङ्ग, प्रेम बराल, गणेश वि.क.न, गोविन्द भुसाल, सपना परियार, मैना गुरुङ्गको सांस्कृतिक प्रस्तुती राखेका थिए ।
 
संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता एवंम् साविक किर्तिपुर साकोस अध्यक्ष नौला सिं सुनारी र साविक देवज्योति कृषी सहकारीका अध्यक्ष खगराज कँडेलको सहअध्यक्षता रहेको कार्यक्रम संस्थाका सचिव अनिल सापकोटाको सहजीकरणमा सम्पन्न भएको हो ।

 

समृद्धि भरतपुर सेवाकेन्द्रद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.को, समृद्धि भरतपुर सेवा केन्द्र अन्तर्गत एक दिने संस्थागत परिचय एवं लघुवित्त सम्बन्धी अन्तरकृया कार्यक्रम पोखरीचोकको सभाहलमा ९० जना स्थानीयको सहभागितामा सम्पन्न भयो।

सेवा केन्द्र सह-संयोजक श्री अम्बिका सुवेदीज्यूको अध्यक्षता रहेको उक्त कार्यक्रममा विशेष उपस्थिती संस्थाका कोषाध्यक्ष श्री प्रेम सापकोटा, पुर्व अध्यक्ष तथा ऋण संयोजक श्री गोपाल प्रसाद गौतम, पूर्व अध्यक्ष तथा सञ्चालक सदस्य श्री तिलक प्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटा लगाएत लघुवित्त प्रमुख श्री प्रेम प्रसाद अधिकारी, संस्थाको व्यवस्थापन समिति श्री भरत अधिकारी, श्री गोमा गौतम, सल्लाहकार श्री टिकाराम देवकोटा, सेवा केन्द्र ईन्चार्ज श्री सुबास गौतम लगाएत कर्मचारीहरु सतिस शर्मा, शुभद्रा तिवारीको उपस्थितीमा सम्पन्न भयो।

कार्यक्रममा संस्थाका ऋण संयोजक तथा पुर्व अध्यक्ष श्री गोपाल प्रसाद गौतमज्यूले हाम्रो समुदायमा महिलाको भुमिका प्रमुख रहेको र यस संस्थाले मेघा प्रोजेक्टको रुपमा लिएको लघुवित्त कार्यक्रममा महिलाहरुलाई सहभागी हुन अनुरोध गर्नु भएको थियो।

कोषाध्यक्ष श्री प्रेम सापकोटाले “एकिकरण भएपछि संस्थाको उत्कृष्ट सेवा सुविधाहरु लिन अनुरोध गर्दै, स्वास्थ्य छुट कार्डको सुविधा पनि प्रयोग गर्न अनुरोध गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाज्यूले कार्यक्रममा उठेका प्रश्नलाई सम्बोधन गर्नुभएको थियो भने लघुवित्त प्रमुख श्री प्रेम अधिकारीज्यूले सहजीकरण गर्नु भएको थियो।

भरतपुरमा संस्थागत परिचय एवं अन्तरकृया कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.को, समृद्धि भरतपुर सेवा केन्द्र अन्तर्गत एक दिने संस्थागत परिचय एवं लघुवित्त सम्बन्धी अन्तरकृया कार्यक्रम भरतपुर-११, पोखरीचोकको सभाहलमा ११४ जना स्थानीयको सहभागितामा सम्पन्न भयो।

सेवा केन्द्र सह-संयोजक श्री अम्बिका सुवेदीज्यूको अध्यक्षता रहेको उक्त कार्यक्रममा विशेष उपस्थिती संस्थाका उपाध्यक्ष श्री भोजराज पौडेल, कोषाध्यक्ष श्री प्रेम सापकोटा, सहसचिव सरस्वती कडेल, ऋण संयोजक तथा पुर्व अध्यक्ष श्री गोपाल प्रसाद गौतम, हिमचुली सेवा केन्द्र संयोजक जयलाल पराजुली, लेखा तथा सुपरिवेक्षण सदस्य श्री विष्णु प्रसाद सापकोटा, प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटा लगाएत लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारी, सेवा केन्द्र व्यवस्थापन समिति श्री प्रेम प्रसाद काफ्ले, श्री गौरी शर्मा, श्री अनिता तिमिल्सिना, श्री हरि कुमार कार्की, श्री गोमा देवि, सेवा केन्द्र ईन्चार्ज श्री सुबास गौतम लगाएत कर्मचारीहरु सतिस शर्मा, शुभद्रा तिवारीको उपस्थितीमा सम्पन्न भयो।

कार्यक्रममा संस्थाका ऋण संयोजक तथा पुर्व अध्यक्ष श्री गोपाल प्रसाद गौतमज्यूले संस्थामा आब्द्ध भएर नियमित बचत गर्ने बानी बसाल्न आग्रह गर्नु भयो। ऋणको लागि केन्द्रिय कार्यलयमा गईराख्नु नपर्ने र सदस्यता डुप्लिकेशनको समस्य सदस्यलाई नहुने बताउनु भयो।

कोषाध्यक्ष श्री प्रेम सापकोटाले संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा सकृय सहभागी भएर आफ्नो जिवन स्तरलाई उच्च बनाउन यस संस्थाले लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याएको बताउनु भयो। साथ-साथै संस्थाले सञ्चालनमा ल्याएको सदस्य सहुलियत कार्डलाई पनि सदुपयोग गरि सुबिधा लिनुहुन अनुरोध गर्नु भएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाज्यूले कार्यक्रममा उठेका प्रश्नलाई सम्बोधन गर्नुभएको थियो भने लघुवित्त प्रमुख श्री प्रेम अधिकारी ज्यूले सहजीकरण गर्नु भएको थियो।
शेयर सदस्य बालकुमारी बरालज्यूले संस्थाको स्थापन नवलपुरमा भएको र यस भरतपुर महानगरपालिकाको यस क्षेत्रमा आँऊदा कस्तो हो र के हो भन्ने कुरा लागि रहेको थियो तर अन्ततः किसान साकोस अरु भन्दा फरक र सदस्य हितको निम्ती आएको बताउनु भएको थियो।

मितिः २०७६ पौष २०

भविष्य निमार्ण सेवा केन्द्रका महिला समुह सदस्यहरुलाई एक दिने समुह व्यवस्थापन तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.को, भविष्य निमार्ण सेवा केन्द्र अन्तर्गत एक दिने समुह व्यवस्थापन अभिमुखिकरण तालिम तथा लघुवित्त सम्बन्धी नितिगत छलफल कार्यक्रम सेवा केन्द्र संयोजक श्री धन्नजय शर्माज्यूको अध्यक्षता, सेवा केन्द्र सह संयोजक तथा लघुवित्त व्यवस्थापन उपसमिति संयोजक श्री देवती देवी सिग्देल साथै लघुवित्त सदस्य श्री शोभा पोखरेलज्यू र श्री अस्मिता पाण्डेज्यू सहित ३५ जना महिला शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न भयो । उक्त कार्यक्रम लघुवित्त प्रमुख श्री प्रेम अधिकारी ज्यूले सहजीकरण गर्नु भएको थियो।

शोकसभा तथा ऋण मिनाह कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.ले मध्यबिन्दु -१०, टादी निवासी संस्थाको शेयर सदस्य एंव पुर्णीमा महिला समुहको सदस्य लक्ष्मी सुब्बा मिति २०७६ मङ्सिर २९गतेका दिन असामयिक निधन भएको हुँदा आज ९औं दिनको पुन्य तिथीमा शोकसभा कार्यक्रम आयोजना गरी शोक सन्तप्त परिवारप्रति हार्दिक सम्वेदना प्रकट गर्दै एवं दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गरि ऋण मिनाह गरेको छ ।

अरुङ्गखोला सेवाकेन्द्रका संयोजक श्री अर्जुन खनालज्यूद्वारा स्व. लक्ष्मी सुब्बाको नाममा रहेको रु.१५०७३७.०० (अक्षरुपी एक लाख पचास हजार सात सय सैतिस रुपैयाँ) ऋण मिनाहा घोषणा गर्दै शोक मन्तव्य सहित परिवारजनलाई समवेदना पत्र प्रदान गर्नु भएको थियो। शोक सभामा केन्द्रिय कार्यलय गैंडाकोटबाट पाल्नु भएका संचालक समितीका कोषाध्यक्ष प्रेम सापकोटाज्यू ,बरिष्ठ अधिकृत गणेश प्रसाद पौडेलज्यू, लेखा प्रमुख माधव बनज्यू, सेवा केन्द्र संचालक समिती सदस्यज्यूहरु, सेवाकेन्द्र लघुवित्त उपसमिति सदस्यज्यूहरु, शेयर सदस्यहरु, इष्टमित्रहरु, छरछिमेकीहरु, शुभेच्छुकहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो।

संस्थाले उक्त लघुवित्त समुहको ऋणीहरुको ऋण सुरक्षणको लागि चिन्ता निवारण कोष खडा गरी ऋणीको मृत्यु पश्चाप बाँकी ऋण स्वतः मिनाह हुने व्यवस्था भएको जानकारी संचालक समितीका कोषाध्यक्ष श्री प्रेम सापकोटाज्यूले परिवारजन प्रति समवेदन एवं  हार्दिक श्रद्धान्जली प्रकट गर्दै कार्यक्रममा जानकारी गराउनु भएको थियो।

 

अभिमुखिकरण तथा संस्थागत नीति एवं कार्यविधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि.द्वारा विजयनगर सेवा केन्द्र, समृद्धि भरतपुर सेवा केन्द्र र सप्तरङ्गी भरतपुर सेवा केन्द्रका सेवा केन्द्र व्यवस्थापन समिति सदस्यहरु र कर्मचारीहरु बिच एक दिने अन्तरक्रिया र संस्थागत नीति एवं कार्यविधि सम्बन्धी अभिमुखिकरण कार्यक्रम संस्थाका नवनिर्वाचित अध्यक्ष श्रीहरि चालिसेज्यूको अध्यक्षता सम्पन्न गरेको छ।

कार्यक्रममा उपाध्यक्ष भोजराज पौडेलज्यू, कोषाध्यक्ष प्रेम सापकोटाज्यू, पूर्व अध्यक्ष एवं सञ्चालक सदस्य गोपाल प्रसाद गौतमज्यू, तिलक पराजुलीज्यू, सञ्चालक सदस्य दुर्गा प्रसाद चालिसेज्यू, पार्वती कुमारी बराल पौडेलज्यू, प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाज्यू, विजयनगर सेवा केन्द्र संयोजक नर बहादुर थापाज्यू, सप्तरङ्गी सेवाकेन्द्र संयोजक हरिराम रेग्मीज्यू, समृद्धि सेवाकेन्द्र संयोजक भुवन सुवेदीज्यू लगाएत व्यवस्थापन उपसमितिका सहसंयोजकज्यूहरु एवं सदस्यज्यूहरु, किसान साकोसका बरिष्ठ अधिकृत गणेश शर्माज्यू, लेखा प्रमुख माधव बनज्यू, आईसिटी प्रमुख सागर क्षेत्रीज्यू, सेवाकेन्द्र ईन्चार्जज्यूहरु, सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष श्रीहरि चालिसे तथा प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाद्वारा संयूक्तरुपमा अन्तरकृया एवं अभिमुखिकरण गर्नुभएको थियो। कार्यक्रम सञ्चालन वरिष्ठ अधिकृत गणेश शर्माले गर्नु भएको थियो।

 

मिति १ पौष २०७६

नवनिर्वाचित सञ्चालक समिति सदस्य एवं लेखा तथा सुपरिवेक्षण समिति सदस्यहरुलाई किसान साकोस कर्मचारी परिवारद्वारा स्वागत कार्यक्रम सम्पन्न

किसान साकोसको साधारण सभाबाट निर्विरोध नवनिर्वाचित सञ्चालक समिति सदस्य एवं लेखा तथा सुपरिवेक्षण समिति सदस्यहरुलाई किसान साकोसको सभाहलमा कर्मचारी परिवारद्वारा स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतद्वारा नवनिर्वाचित सदस्यहरुलाई टिका र मालाले स्वागत गर्नु भएको थियो।

किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेज्यूको अध्यक्षता रहेको उक्त कार्यक्रममा सबै सेवाकेन्द्रका कर्मचारी र नवनिर्वाचित सदस्यज्यूहरुसंग परिचय आदान प्रदान भएको थियो।

नवनिर्वाचित सञ्चालक समिति सदस्य एवं लेखा तथा सुपरिवेक्षण समिति सदस्यहरुद्वारा सोही दिन पहिलो औपचारीक बैठक पनि शुसम्पन्न गर्नु भएको छ।