Recent Posts
- February, 2022
कार्यालय बन्द रहने सूचना
टेलर तथा रिसेप्सन कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
किसान साकोसको पश्चिम क्षेत्र स्तरिय बजार प्रतिनिधि क्षमता अभिवृद्धि कार्यक्रमको २०७८ सम्पन्न
- January, 2022
पिठौली तथा विष्णुनगर सेवाकेन्द्र व्यवस्थापन अभिमुखिकरण कार्यक्रम सम्पन्न
२६औ सेवाकेन्द्र पिठौली सेवाकेन्द्रको कारोबार शुभारम्भ
Category Archives: Kisan News
दिवंगत सदस्यको ऋण मिनाह एवं महिला समूहबाट राहत वितरण कार्यक्रम सम्पन्न
यस किसान साकोसका शेयर सदस्य गैंडाकोट-७, निवासी ईन्दिरा घर्तीको यही मिति २०७७ श्रावण १७ गते ४२ बर्षको उमेरमा असामहिक स्वर्गारोहण भएको हुँदा संस्थाले शोक सभा कार्यक्रम गरी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण साथै शोक सन्तप्त परिवारलाई समवेदना व्यक्त गरेको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसे, संस्थाका सिईओ. श्री नवराज सापकोटा, विजयनगर सेवाकेन्द्रका संयोजक श्री नरबहादुर थापा, विजयनगर सेवाकेन्द्रका लघुवित्त उपसमिति संयोजक श्री डिला शर्मा, संस्थाका लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारी लगायत कर्मचारीहरूको उपस्थिति थियो।
संस्थाका लघुवित्त प्रमुख श्री प्रेम अधिकारीको कार्यक्रम सहजीकरणमा अध्यक्ष श्री श्रीहरि चालिसेद्वारा शोक मन्तव्य सहित सदस्यले लिएको ऋण मिनाहको जानकारी गराउँदै परिवारजनलाई समवेदना पत्र प्रदान गर्नु भएको थियो ।
साथै ज्ञानज्योति महिला समूहको तर्फबाट पनि सम्बेदना एवं राहत रकम परिवारजनलाई हस्ताण्तरण गरिको थियो।
– २०७७/०४/२५
किसान सकोसद्वारा गैंडाकोट नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा गैंडाकोट नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । सहजसेवा केन्द्र गैंडाकोट-४मा आयोजना गरिएको एक विशेष कार्यक्रममा गैंडाकोट नगरपालिकालाई स्वास्थ्य सामग्री अन्तरगत ६ वटा विरामी सुत्ने बेड प्रदान गरिएको हो । गैंडाकोट नगरपालिका वडा न.४ सहज सेवा केन्द्र परिसरमा आयोजित कार्यक्रममा किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्रीहरि चालिसेले गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्र राज पौडेललाई स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभएको थियो ।
पछिल्लो समय कोरोना महामारीका विरुद्धको अभियानमा नगरलाई नगद १ लाख ४१ हजार प्रदान गरेको किसान साकोसले गैंडाकोट नगरका जनतालाई स्वास्थ्य उपचारको क्रममा बेडको अभाव नहोस भन्ने उद्देश्यले ६ वटा बेड प्रदान गरिएको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले बताउनु भयो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको महामारी विरुद्धको अभियानमा जुट्न सहज होस भन्ने मनसायले संस्थाको एम्बुलेन्स पनि नगरलाई सञ्चालन गर्न दिईएको अध्यक्ष चालिसेले जानकारीदिनुभयो । संस्थाका अध्यक्ष चालिसेको अध्यक्षतामा भएको सो कार्यक्रममानगरपालिकाका प्रमुख छत्रराज पौडेल प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथी एवं नगर प्रमुख पौडेलले किसान साकोसले नगरको अभियानमा सँधै सहयोग गर्दै आएकोमा धन्यवाद दिनुभयो । त्यसै गरी कार्यक्रममा साकोसका अध्यक्ष चालिसेले संस्थाले समाजका विभिन्न क्षेत्रमा विशेष योगदान गर्दैआएको र आगामी दिनमा पनि विशेष भूमिका निर्वाह गर्दै जाने प्रतिवद्वता समेत सोअवसरमा व्यक्त गर्नुभयो । किसान साकोसका पूर्वअध्यक्ष तिलक प्रसाद पराजुली, प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा, सहज फाउण्डेसनका डिल्ली सिग्देल, साकोसको सहज केन्द्रको व्यवस्थापन समितिका सदस्यहरु, कर्मचारीहरू र प्रत्रकारहरूको उपस्थित रहेको सो कार्यक्रमको केन्द्रका संयोजक तीर्थराजरिमालले सहजीकरण गर्नु भएको थियो ।
– २०७७ साउन २१ 6-Aug-2020
किसान साकोस रजत महोत्सब बर्ष २०७७ घोषणा तथा लोगो अनावरण एवं सबै सेवाकेन्द्रमा दिप प्रज्जवलन गरी मनाईदै
किसान बचत तथा ऋण सहाकरी संस्था लि. गैंडाकोटले आज किसान साकोस रजत महोत्सब बर्ष २०७७ घोषणा तथा लोगो अनावरण गरेको छ । संस्थाको सभाहलमा आयोजित रजत महोत्सव वर्ष घोषणा कार्यक्रम संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता, गैंडाकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार एवं संस्थापक सदस्य डिलाराम रिजालको प्रमुख आतिथ्यता र संस्थाका उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्यबाट शुरु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले रजत वर्षको लोगोको अनावरण गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नविन सापकोटाले संस्थाको स्थापना कालदेखिको विकास क्रमलाई सम्झँदै हालसम्मको वित्तीय अवस्था प्रस्तुत गर्नुभएको थियो । संस्थाका कुल ६० हजार सदस्य र दुई अरब भन्दा बढीको पूँजी परिचालन गर्दै सदस्यहरुलाई सेवा प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृतले जानकारी गराउनुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्माले २५ जनाको समूहबाट शुरु भएको संस्था विधिवत् रुपमा दर्ता हुँदै अहिले नवलपरासी, चितवन र तनहुँको क्षेत्रमा सेवा प्रदान गरेको साथै देश विदेशमा समेत ख्याती प्राप्त गर्न सफल भएकोमा धन्यवाद दिँदै खुशी व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवं समाजसेवी मदनभक्त अधिकारी, संस्थाका पूर्व अध्यक्ष एवं नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष माधव प्रसाद गौतम, निर्वतमान अध्यक्ष गोपाल प्रसाद गौतम, लेखा तथा सुपरिवेक्षण संयोजक चिन्तामणि कण्डेलले संस्थाले सदस्यहरुको लागि प्रभावकारी सेवा प्रदान गर्दै आईरहेकोमा धन्यवाद दिँदै हाल विश्वमा आईरहेको कोरोना भाईरसको असर र आगामी दिनमा आउन सक्ने महामारीमामा पनि अझ क्रमशः सेवा स्तरोन्नति गर्दै प्रविधिमा जोड दिनुपर्ने अवस्था आएको बताउनुभयो ।
संस्थाले हालसम्म २५ वटा संस्थासँग एकीकरण गरी एकिकृत सेवा प्रदान गर्दै आएकोमा यस रजत वर्षको कार्यक्रम सम्पन्न गर्नको लागि अध्यक्षको संयोजकत्वमा सञ्चालक समिति र सेवा केन्द्र संयोजकहरु सदस्य तथा प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा सदस्य सचिव रहने गरी रजत महोत्सव मूल समारोह समिति गठन गरेको छ । संस्थाले सदस्य स्तरका कार्यक्रम, वाल सदस्यस्तरीय कार्यक्रम, अन्तर सहकारी संस्था, सामाजिक उत्तरदायित्व एवं मानविय कृयाकलाप, संचालक एवं कर्मचारी स्तरीय, विद्यालय स्तरीय, एकिकरण संस्था सम्मान, र स्थापनाकाल सदस्य सम्मान, किसान सहकारी राष्ट्रिय पुरस्कार, स्तम्भ अनावरण, रजत स्मारिका प्रकाशन, ज्येष्ठ, नागरिक, एकल महिला स्तरीय कार्यक्रम, खेलकुद तथा साहित्यीक कार्यक्रम, सहकारी प्रबर्द्धनका अन्य कार्यक्रमहरुसमेत समेटी आगामी दिनमा कार्यक्रम तालिका प्रकाशन गर्ने र अन्य आवश्यक उपसमितिहरु गठन गरिने संस्थाका अध्यक्ष श्रीहरि चालिसेले बताउनुभयो । सामाजिक दुरी कायम गर्दै सम्पन्न गरिएको कार्यक्रम संस्थाका सचिव अनिल सापकोटाले सञ्चालन गर्नुभएको थियो ।
– १५ असार २०७७
किसान साकोसद्वारा नवलपुरका पालिकाहरुको बिपत कोषमा रु ६लाख पैतालिस हजार सहयोग
किसान साकोसको २१औं सेवाकेन्द्र – सहज सेवाकेन्द्र गैंडाकोट-४मा शुभारम्भ
गैंडाकोट, १ जेठ । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं सेवाकेन्द्र गैंडाकोट-४, सहजचोकमा शुभाम्भ गरिएको छ । सहज सेवाकेन्द्रका संयोजक तिर्थराज रिमालज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको २१औं सेवाकेन्द्रकारुपमा सहज सेवाकेन्द्रको गैंडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने ज्यूद्वारा सेवाकेन्द्रको दिप प्रज्जवलन गरि शुभारम्भ गर्नुभएको छ।
“किसान को सान: एकीकृत सेवा को अभियान” अन्तर्गत साविक सहज स्वास्थ्य सहकारी र किसान साकोस बिच एकिकरण पश्चात सहज सेवाकेन्द्र सञ्चालनमा आएको हो। सामाजिक दुरी कायम राख्दै सञ्चालन गरिएको कार्यक्रममा विषेश अतिथी गैंडाकोट नगरपालिकाका प्रशासकिय अधिकृत लिलाधर शर्माज्यू र विषेश उपस्थितीमा संस्थाका अध्यक्ष श्रीहरि चालिसेज्यू, लेखा तथा सुपरिवेक्षण समिति संयोजक चिन्ता मणी कडेलज्यू, कोषाध्यक्ष प्रेम सापकोटाज्यू, साविक सहज स्वास्थ्य सहकारीका संस्थापक अध्यक्ष भिम प्रसाद शर्माज्यू, पूर्व अध्यक्ष करुणा सागर सुबेदीज्यू, संस्थाका निवर्तमान अध्यक्ष तथा ऋण संयोजक गोपाल प्रसाद गौतमज्यू, पूर्व अध्यक्ष तथा शिक्षा उपसमिति संयोजक तिलक प्रसाद पराजुलीज्यू, सञ्चालक सदस्य राजेन्द्र गौतमज्यू, पार्वती ज्ञवालीज्यू, संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाज्यू, विजयनगर सेवाकेन्द्र संयोजक नर बहादुर थापाज्यू, हिमचुली सेवाकेन्द्र संयोजक जयलाल पराजुलीज्यू, संस्थाका सल्लाहकार समितिका सदस्य दयाराम पौडेलज्यू, सहज सेवाकेन्द्रका सल्लाहकार टोलनाथ घिमिरेज्यू र तेज प्रसाद घिमिरेज्यू लगाएत सेवाकेन्द्र व्यवस्थापन समितिका पदाधिकारीहरु एवं कर्मचारीहरु रहनु भएको थियो।
कार्यक्रम संस्थाका सचिव अनिल सापकोटाज्यूले सहजिकरण एवं सञ्चालन गर्नु भएको थियो।
COVID19 काे उपचारकाेलागि किसान साकाेसले ५१ शैयाको हस्पिटल गैंडाकाेट नगरपालिकालाई हस्तान्तरण
किसान साकाेस र सहज स्वास्थ्य सहकारी एकीकरण पश्चात् साविक सहज स्वास्थ्य सहकारीद्वारा सञ्चालित ५१ शैयाको हस्पिटल, किसान साकाेसले गैंडाकाेट नगरपालिकालाई COVID 19काे राेकथाम र उपचारकाे लागि हस्तान्तरण गरेको छ।
सो अवसरमा चौधरी ग्रुपले PPE पर्सनल प्रोटेक्सन ईक्यूप्मेन्टहरु प्रदान गरेको छ।
किसान साकोसले आफ्ना सबै सेवाकेन्द्रहरुबाट कोरोना सचेतना कार्यक्रम सञ्चालन गरेको थियो। सो कार्यक्रम अन्तर्गत सबै सेवाकेन्द्रमा प्रवेश हुनु अघी स्यानेटाईजर र साबुन पानीले हात धुने व्यवस्था तथा सचेतना सूचना सहितको फ्लेक्स सार्वजनिक स्थानहरुमा टाँस गरिएको थियो।
किसान साकोसका अध्यक्ष श्रिहरि चलिसेद्वारा सबैजना घरमै रहि स्व-क्वारन्टिनमा बस्न आग्रह गर्नु भएको छ। किसान साकोस सदस्य र समुदाय प्रति उत्तरदायी संस्था रहेकोले लोक-कल्याणका निम्ती सदैव तत्तपर रहने बताउनु भएको छ।
किसान साकोसको २०औं सेवाकेन्द्र – सप्तगण्डकी सेवाकेन्द्र देवघाट धाम तनहुँमा शुभारम्भ
सप्तगण्डकी सेवाकेन्द्रद्वारा सदस्य अन्तरक्रिया कार्यक्रम देउपुर, देवघाट ५, तनहुँमा सम्पन्न
[et_pb_section admin_label=”section”]
[et_pb_row admin_label=”row”]
[et_pb_column type=”4_4″]
[et_pb_text admin_label=”Text”]
किसान साकोस सप्तगण्डकी सेवाकेन्द्र संयोजक ऋषीराम सुबेदीको सभातपित्वमा एवं देवघाट गाँउपालिका वडा नं. पाँचका वडा अध्यक्ष यल बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सदस्य अन्तरक्रिया कार्यक्रम देउपुर, देवघाट ५, तनहुँमा सम्पन्न गरियो।
कार्यक्रममा विशेष उपस्थिति संस्थाका अध्यक्ष श्रीहरि चालिसे, पूर्व अध्यक्ष एवं ऋण संयोजक गोपाल प्रसाद गौतम, पूर्व अध्यक्ष एवं शिक्षा उपसमिति संयोजक तिलक प्रसाद पराजुली, संचालक सदस्य राजेन्द्र गौतम, दुर्गा प्रसाद चालिसे, मिना कुमारी रायमाझी, कावासोती सेवाकेन्द्र संयोजक देवि घिमिरे, कार्यकारी प्रमुख नवराज सापकोटा, लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारी रहनु भएको थियो।
अतिथीको रुपमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल, नेकपा देवघाट गाँउपालिकाको पार्टी अध्यक्ष भुवन गुरुङ्ग, नेका देवघाट गाँउपालिकाको पार्टी अध्यक्ष प्रेम बहादुर गुरुङ्ग, देवघाट उ.वा.संघ. अध्यक्ष रोशन श्रेष्ठ, वडा सदस्य भोजराज नैनवस्ती, समाजसेवी चन्द्र प्रकाश दवाडीको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मनतव्य सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य भिम प्रसाद सुवेदीले दिनु भएको थियो।
प्रमुख अतिथी देवघाट गाँउपालिका वडा नं. पाँचका वडा अध्यक्ष यल बहादुर गुरुङ्गले देवघाटमा वित्तिय कारोबारको अवस्था र किसान साकोसले पुराउन सक्ने योगदानको चर्चा गर्दै गाँउपालिकाबाट पूर्ण सहयोग रहने बताउनु भयो।
नेकपा देवघाट गाँउपालिकाको पार्टी अध्यक्ष भुवन गुरुङ्गले किसानको आगमन देवघाटको लागि राम्रो हुने बताउनु भयो।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले
संस्थाका कार्यकारी प्रमुख नवराज सापकोटाले संस्थाको परिचय, प्रदान गरिएका सेवा तथा कार्यक्रम एवं गतिविधीहरुको बारेमा जानकारी गराउनु भएको थियो।
संस्थाका अध्यक्ष श्रीहरि चालिसेले देवधाट गाँउपालिकामा सदस्य विस्तारलाई अगाडी बढाउदै किसान साकोसको लघुवित्त कार्यक्रमलाई अगाडी बढाउने बताउनु भयो।
कार्यक्रमको सञ्चालन सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य होम बहादुर भारतीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।
मितिः १५ फाल्गुन २०७६ – देउपुर, देवघाट ५, तनहुँ
[/et_pb_text]
[/et_pb_column]
[/et_pb_row]
[/et_pb_section]
सौहार्द सेवाकेन्द्र रत्ननगरबाट एकीकृत कारोबार शुभारम्भ
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र विस्तार गर्ने क्रममा रत्ननगरको सौहार्द साकोससँग एकीकरण पश्चात रत्ननगर टाँडी बजारमा सौहार्द सेवाकेन्द्रका रुपमा एकिकृत सेवा शुभारम्भ गरेको छ ।
सोमबार किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे र सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद नेपालले विधिवत पुजा गरि सेवा शुभारम्भ गर्नुभएको छ। सो अवसरमा पाँच कन्याहरुलाई बालबचत खाता सञ्चालन गरी पासबुक उपलब्ध गराइएको थियो ।
संस्थाले स्थापनाकालदेखि हालसम्म विभिन्न २४ वटा सहकारीसँग एकीकरण गरी सेवा प्रदान गरेको र प्रदेश ३, ४ र ५ मा आफ्नो कार्यक्षेत्र विस्तार गर्दै उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
किसान साकोस अब २० वटा सेवा केन्द्रमार्फत सेवा सञ्चालन भइरहेको र संस्थाको कुल कारोबार एक अर्ब ८५ करोड रुपैयाँ रहेको छ । संस्थाले एम्बुलेन्स सेवासमेत सुचारु गरेको बताउँदै सदस्यहरुलाई नारायणी सामुदायिक हस्पिटलमा १७ प्रतिशत छूट तथा पूर्ण शारिरिक जाँचमा ३० प्रतिशत छुट सुविधालगायत अन्य सदस्यलक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
संस्थाले ३६५ दिन नै सेवा प्रदान गर्दै आएको छ । यस्तै, मोबाइल बैंकिङ, एक लाखसम्मको निःशुल्क दुर्घटना बिमा, निःशुल्क एबीबीएस सेवा, २० हजार रुपैयाँको पारिवारिक राहत कोष, आकस्मिक ऋण व्यवस्था, जुनसुकै देशबाट पठाएको रकम तुरुन्त पाइने, नेपालको जुनसुकै ठाउँमा रकम पठाउन र प्राप्त गर्न सकिने, मोबाइल, डिस होम, एडीएसएल, टेलिफोनमा रिचार्ज सुविधा, विद्युत् तथा पानीको भुक्तानी सुविधा, सुत्केरी भेटघाट तथा सदस्य सम्मान कार्यक्रम, लघुवित्त कार्यक्रमलगायतका सेवासमेत सञ्चालन गर्दै आएको छ ।
सेवा शुभारम्भ कार्यक्रममा केन्द्रीय समिति र सेवा केन्द्र व्यवस्थापन समिति सदस्य, विभिन्न उपसमिति, सल्लाहकार तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।