Skip to main content

समूह व्यवस्थापन अभिमुखिकरण तालिम रजहर धुसेरीमा सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. जनमुखी सेवाकेन्द्र अन्तर्गतको लघुवित्त समूह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम रजहर धुसेरी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ ।

सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य श्री चिन्तामणी चापागाईंज्यूको संयोजकत्वमा भएको अभिमुखिकरण तालिममा सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्य श्री रनकान्ती सापकोटाज्यू, सेवाकेन्द्र लघुवित्त उपसमितिका सदस्य श्री मिनाकुमारी रायमाझीज्यु साथै कर्मचारी हरुको उपस्थिती रहेको थियो।

सातवटा महिला समुहका ५१ जना पदाधिकारीको उपस्थिती रहेको उक्त तालिमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो ।

किसान साकोसको अन्तर्क्रिया कार्यक्रम देवचुली नागरपालिका वार्ड न. ६ कुम्सोतमा सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. द्वारा संचालित लघुवित्त सम्बन्धि अन्तर्क्रिया कार्यक्रम देवचुली नागरपालिका वार्ड न. ६ कुम्सोतमा सम्पन्न भएको छ ।

देवज्योती सेवा केन्द्रका समयोजक श्री खगराज कंडेलज्यूको सभापतित्व रहेको कार्यक्रममा २५ जना सहभगी लगायत देवज्योती सेवा केन्द्रका ऋण समयोजक श्री हरि प्रसाद पाण्डे, वार्ड जनप्रतिनिधि श्री आइत राम दिस्वाका साथै किसान साकोस कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नु भएको थियो ।

असोज ६ २०७६
देवचुली सेवाकेन्द्र

समूह व्यवस्थापन तालिम – जनमुखी सेवाकेन्द्र – ७ आश्विन २०७६

समूह व्यवस्थापन तालिम

सेवा केन्द्रः जनमुखी सेवाकेन्द्र

मितिः ७ आश्विन २०७६

समयः ११ः०० बजे

स्थानः रजहर

गैँडाकोट वडा नं. ४ का महिला समूहहरूको लागि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

किसान साकोस केन्द्र अन्तर्गतका गैँडाकोट वडा नं.४ का ६ वटा महिला समूहका ५३ जना सदस्यहरुलाई वित्तिय साक्षरता तालिम तथा नीति नियम सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो।

संस्थाका अध्यक्ष श्री श्रीहरि चालिसेज्यूको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञावली, संञ्चालक सदस्य एवं शिक्षा उपसमिति संयोजक श्री तिलक पराजुली, प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा, महिला जागरण उपसमितिका सदस्य शकुन्तला घिमिरे, सूचना तथा सञ्चार उपसमितिका सदस्य राजन खरालको उपस्थीति रहेको थियो।

लघुवित्त प्रमुख प्रेम अधिकारीले सञ्चालन गर्नु भएको उक्त तालिमको सहजिकरण संस्थाका श्रीहरि चालिसे, तिलक प्रसाद पराजुली र नवराज सापकोटाले गर्नु भएको थियो।

https://www.facebook.com/pg/kisansaccos/photos/?tab=album&album_id=1397631913746464

३१ भाद्र २०७६ – किसान साकोस केन्द्र गैँडाकोट

 

संस्थागत परिचय एवं लघुवित्त सम्बन्धी अन्तर्क्रिया कार्यक्रम – देवचुली सेवाकेन्द्र – ६ आश्विन २०७६

संस्थागत परिचय एवं लघुवित्त सम्बन्धी अन्तर्क्रिया कार्यक्रम

सेवा केन्द्रः देवचुली सेवाकेन्द्र

मितिः ६ आश्विन २०७६

समयः ११ः०० बजे

स्थानः कुम्सोत

 

गैँडाकोट वडा नं. ८ का महिला समूहहरूको लागि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

किसान साकोस केन्द्र अन्तर्गतका गैँडाकोट वडा नं.८का ५ वटा महिला समूहका ५४ जना सदस्यहरुलाई वित्तिय साक्षरता तालिम तथा नीति नियम सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो।

किसान केन्द्रको सभाहलमा सञ्चालित कार्यक्रममा अध्यक्ष श्रीहरी चालिसे, संञ्चालक सदस्य एवं शिक्षा उपसमिति संयोजक तिलक प्रसाद पराजुली र प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाद्वारा तालिम प्रदान एवं छलफल सञ्चालन गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीहरी चालिसेज्यूबाट भएको थियो।

https://www.facebook.com/pg/kisansaccos/photos/?tab=album&album_id=1396911977151791

३० भाद्र २०७६
गैँडाकोट

संस्थागत परिचय तथा लघुवित्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम भविष्य निमार्ण सेवाकेन्द्रमा सम्पन्न

किसान वचत तथा ऋण सहकारी संस्था लि. को भविष्य निमार्ण सेवा केन्द्रमा सेवाकेन्द्र संयोजक श्री धनञ्जय शर्माज्यूको अध्यक्षतामा संस्थागत परिचय तथा लघुवित्त सम्बन्धी अन्तरक्रिया कार्यक्रम चोरमारा बजार विकास समितिको हलमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष श्री श्रीहरी चालिसे, सञ्चालक सदस्य एवं लघुवित्त संयोजक श्री प्रेम सापकोटा, लघुवित्त सदस्य तथा ऋण उप–समिति सदस्य श्री दुर्गा प्रसाद चालिसे, संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री नवराज सापकोटाज्यूको विशेष उपस्थित रहेको थियो। कार्यक्रम लघुवित्त प्रमुख श्री प्रेम प्रसाद अधिकारी ज्यूले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमा विभिन्न स्थानबाट संस्थामा सदस्य बन्न इच्छुक ३५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाको परिचय, संस्थाले प्राप्त गरेका उपलब्धी, संस्थाले प्रदान गर्ने सेवा सुविधा आदि बारे छलफल भएको थियो ।

किसान केन्द्रिय कार्यलय अन्तर्गतको लघुवित्त समूह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न

किसान बचत तथा ऋण सहकारी संस्था लि. केन्द्रिय कार्यलय अन्तर्गतको लघुवित्त समूह व्यवस्थापन उपसमितिकोे अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
लघुवित्त उपसमितिका संयोजक श्री प्रेम सापकोटाज्यूको संयोजकत्वमा भएको अभिमुखिकरण तालिममा उपसमिति सदस्यहरु श्री डिलराम सापकोटाज्यू, दुर्गा प्रसाद चालिसेज्यूको उपस्थिती रहेको थियो।
पाँचवटा महिला समुहका ३३ जना पदाधिकारीको उपस्थिती रहेको उक्त तालिमको सहजिकरण किसान बचत तथा ऋण सहकारी संस्था लि.का लघुवित्त प्रमुख प्रेम प्रसाद अधिकारीले गर्नुभएको थियो । तालिमको सहयोगीको भुमिका समूह परिचालक बिन्दु शर्मा र श्रीदेवी पंगेनीबाट भएको थियो।